पत्रकार महासंघको पूर्वनिर्धारित कार्यक्रम स्थगित

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १६, शनिबार ०८:२४

विराटनगर । नेपाल पत्रकार महासंघको पूर्वनिर्धारित सबै कार्यक्रम तत्कालका लागि स्थगित गरिएको छ ।

राजावादी समूहले घरमा आगजनी गर्दा जलेर एभी न्यूज टेलिभिजनमा कार्यरत सुरेश रजकको निधन भएपछि महासंघले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको हो । शनिबार नेपाल पत्रकार महासंघको ७० औं स्थापना दिवस हो ।

दिवसका अवसरमा महासंघले विभिन्न कार्यक्रमको तयारी गरेको थियो । महासंघका महसचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गर्दै बदलिएको परिस्थितिका कारण महासंघले स्थापना दिवसका अवसरमा देशभर आह्वान गरेको पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गर्नु परेको जानकारी दिए ।

स्थापना दिवसलाई पत्रकार हत्या र सञ्चार गृह तथा संचारकर्मीमाथिको हमलाविरुद्ध आन्दोलन गरेर शोक र विरोधसभाको रूपमा मनाइने दाहालले बताए । महासंघ केन्द्र, प्रदेश र जिल्ला शाखाहरुले पत्रकारको हत्या र सञ्चारमाध्यमाथि भएको ज्यादतीविरुद्ध विरोधसभा गर्दै छ ।

आन्दोलनकारीले लगाएको आगोमा जलेर मृत्यु भएका पत्रकारप्रति श्रद्धाञ्जली र सञ्चारमाध्यममाथि भएको हमलाविरुद्ध हातेमालो गर्न महासंघले सम्पूर्ण सञ्चारकर्मी, मानव अधिकारकर्मी तथा प्रेस स्वतन्त्रताकार्मी र आमनागरिकलाई आह्वान गरेको छ ।

स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङ शाखाले षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार वितरण कार्यक्रम राखेको थियो । १ लाख १ सय रूपैयाँ राशिको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार मुलुकी खबर अनलाइनका सम्पादक किशोर बुढाथोकीलाई प्रदान गर्ने निर्णय महासंघले गरिसकेको छ ।

अन्नपूर्ण पोस्टका कोशी प्रदेश ब्युरो प्रमुखसमेत रहेका बुढाथोकी विगत १३ वर्षदेखि सूचनाको हकको क्षेत्रमा क्रियाशील छन् । त्यस्तै, २५ हजार २५ रूपैयाँ राशिको षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार झापाका पत्रकार एवं सूचनाको हकका अभियन्ता सुरेन्द्र भण्डारीलाई प्रदान गर्ने निर्णय भएको छ ।

महासंघ मोरङका सचिव नेत्र पी अधिकारीले अर्को कार्यक्रम तय गरेर पुरस्कार वितरण गरिने बताए । कार्यक्रम आयोजना गर्ने मिति केही दिनमै टुंगो लाग्ने जानकारी अधिकारीले दिए ।

सम्पादक बुढाथोकीलाई १ लाख राशिको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.