
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
सुनको मूल्य आज (आइतबार) १ लाख ७६ हजार ८ सय रूपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । पछिल्लो समय दैनिक रूपमा सुनको मूल्य बढिरहेको छ ।
सुनको मूल्यले नयाँ रेकर्ड काम गरिरहँदा आइतबार तोलामा ६ सय रूपैयाँले भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य १ लाख ७६ हजार २ सय रूपैयाँ थियो ।
चाँदीको मूल्य भने घटेको छ । आइतबार तोलामा १५ रूपैयाँले मूल्य घटेको हो । भाउ घटेसँगै चाँदी २ हजार २५ रूपैयाँमा कारोबार भइरहेको छ ।

























