
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य कीर्तिमानी बिन्दुमा पुगेको हो
सोमबारको तुलनामा मंगलबार सुनको मूल्यमा १ हजार ८०० रुपैयाँ बढेर १ लाख ७९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार १ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर छ । सोमबार तोलामा २ हजार ३५ रुपैयाँ कायम भएको चाँदीको मंगलबार पनि सोही मूल्य कायम भएको हो ।

























