अर्थतन्त्र बुझेको व्यक्तिलाई गभर्नर बनाउन उद्योग संगठनको माग

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २०, बुधबार १९:१४

काठमाडौं । समग्र अर्थतन्त्र बुझेको व्यक्तिलाई गभर्नर बनाउन उद्योग संगठन मोरङले सरकारसँग माग गरेको छ । अर्थतन्त्रको विकास र उद्योग व्यवसाय क्षेत्रको विकासको गती तीव्र बनाउनका लागि नीतिगत सुधार गर्न आवश्यक रहेकाले सक्षम गभर्नर बनाउन माग गरेको हो ।

बुधबार संगठन अध्यक्ष राकेश सुरानाले विज्ञप्ति जारी गर्दै अर्थतन्त्र र उद्योग–व्यवसाय क्षेत्रमा छाएको निराशा मध्यनजर गरी आर्थिक र वित्तीय क्षेत्रको गहिरो ज्ञान भएको व्यक्तिलाई गभर्नर बनाउन आग्रह गरेका हुन् ।

‘देशको मौद्रिक नीति, मुद्रास्फीति नियन्त्रण, ब्याजदर निर्धारण, वित्तीय स्थिरताजस्ता विषयले औद्योगिक र आर्थिक क्षेत्र सञ्चालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले व्यावहारिक अनुभव र बुझाइ भएका व्यक्तिलाई गभर्नर नियुक्ति गर्नुपर्छ,’ संगठनले भनेको छ ।

तपाइको प्रतिक्रिया
गौरको कानुपट्टी सीमा क्षेत्रबाट ९ एमएमका २७ थान गोली बरामद
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.