
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको अवरोधका बावजुत प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले हाजिर गरेका छन् । गुरागाईं कार्यालय पुग्दा केहीबेर तनाव भएको थियो ।
मेयर बालेन शाह उनलाई कार्यलय प्रवेश गर्न नदिने योजनामा थिए । तर कर्मचारी र अन्य जनप्रतिनिधिले कार्यकक्षको ताला फोडेर उनलाई हाजिर गराए ।
बिहीबार हाजिर गर्न पुगेका उनलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो । तर, कर्मचारीहरूले उनलाई रोक्न नदिँदै र्काकक्षसम्म पुर्याएका हुन् ।
उनी एक सय तीन दिनपछि बिहीबार कार्यालय पुगेर हाजिर गरेका हुन् । उनलाई गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो । त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि अहिले महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन थियो ।

























