मोरङलाई इक्युवालिटी कप क्रिकेटको उपाधि 

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २१, बिहीबार १७:१७

विराटनगर । मोरङ जिल्लाले लगातार तेस्रो पटक इक्युवालिटी कप क्रिकेटको उपाधि जितेको छ ।

विराटनगरमा बिहीबार सम्पन्न भएको फाइनल खेलमा मोरङले सप्तरीलाई पराजित गरी चौथौ इक्युवालिटी कपको जितसँगै लगातार तेस्रो पटक उपाधि जित्न सफल भएको हो । 

नेपाल क्रिकेट फाउण्डेसनले आयोजना गरेको प्रतियोगितामा मोरङले सप्तरी जिल्लालाई ८ विकेटले पराजित गर्दै उपाधि जित्यो । प्रतियोगिताको पहिलो संस्करणमा मोरङले झापासँग हारेको थियो । 

टस हारेर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८१ रन बनायो । साक्षी यादवले २८ रन र दीपा रामले  १५ रन बनाइन् । बलिङमा मोरङकी प्लेयर अफ द फाइनल रितिशा धामीले ५ विकेट र बन्धना राजवंशीले ३ विकेट लिए । 

८२ रनको लक्ष्य पछ्याएको मोरङले ११ ओभर १ बलमा २ विकेटको क्षतिमा विजयी भयो । सानु राजवंशीले ४० रन र टीका साहले १५ रन बनाए । बलिङमा सप्तरीकी साक्षी यादव र अपेक्षा यादवले समान १–१ विकेट लिए ।

प्रतियोगिताको प्लेयर अफ द सिरिज सिरहाकी सरस्वती चौधरी, उत्कृष्ट ब्याटर सप्तरीकी साक्षी यादव, उत्कृष्ट बलर मोरङकी रितिशा धामी र उत्कृष्ट विकेट किपर मोरङकी प्रिंसा राना मगर भए । 

प्रतियोगितालाई म्यारिलिबोन क्रिकेट क्लब फाउण्डेसन र क्रिकेट विथआउट बाउण्ड्रिजको सहयोगमा क्रिकेटमा महिलाको सहभागिता अभिवृद्धि अभियानअन्तर्गत क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो । 

खेलाडीलाई कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डे, मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमद साद बाबु र नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे । 

तपाइको प्रतिक्रिया
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.