
काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशीलगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आज (शनिबार) बिहानैदेखि आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ ।
देशका अधिकांश भू–भागहरूमा तापक्रम वृद्धि हुँदै जाने भए पनि वर्षाको सम्भावना न्यून रहेको महाशाखाले उल्लेख गरेको छ । महाशाखाका अनुसार तापक्रम वृद्धि र वर्षाको सम्भावन न्यून रहेसँगै सुख्खापन, आगलागी तथा वायु प्रदूषण बढ्ने सम्भावना रहेको छ ।

























