
काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा भएको २ दिने तेक्वान्दो पुम्से सेमिनार सम्पन्न भएको छ ।
सातबाटोस्थित नेपाल तेक्वान्दो संघको प्रशिक्षण केन्द्र उक्त पुम्से सेमिनार सम्पन्न भएको हो ।
तेक्वान्दो हलमा भएको सेमिनारमा मुख्य प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री नोर्बु लामा र सहायक प्रशिक्षक अस्मिता खड्काले प्रशिक्षण दिएका थिए ।
उक्त सेमिनारमा १ सय १ जना प्रशिक्षकहरू सहभागी भएको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जानकारी दिए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले तेक्वान्दो पुम्से सेमिनारमा सहभागी खेलाडीलाई प्रमाणपत्र वितरण गरेका थिए ।



















