इण्डो नेपाल क्रिकेट : उद्‌घाटन खेलमा विजयी हुँदै होराइजन क्वाटरफाइनलमा 

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २३, शनिबार १८:३३

विराटनगर । चौथो मिल्स कप इन्डो नेपाल टी २० क्रिकेट प्रतियोगिताको उद्‌घाटन खेलमा विराटनगरको होराइजन क्रिकेट क्लब विजयी हुँदै क्वाटरफाइनलमा पुगेको छ ।

विराटनगरको जुट मिलको मैदानमा शनिबार (आज) भएको प्रतियोगिताको उद्‌घाटन खेलमा होराइजनले सीमावर्ती बजार भारत विहारको जोगबनीको प्रशान्त क्रिकेट क्लबलाई पराजित गरेको हो । 

होराइजनले जोगबनीलाई १ सय ७ रनको विशाल स्कोरअन्तरले हराउँदै क्वाटरफाइनलमा पुगेको छ ।  

टस जिती पहिले ब्याटिङ थालेको होराइजनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १९ रनको विशाल योगफल बनायो । मिनाश थापाले ५२ रन, अभिषेक कार्कीले ४६ रन, फिर्दोस अन्सारीले ४१ रन र अटल साहले ३२ रन बनाए । बलिङमा जोगबनीका अभिषेक राजाले ३ विकेट लिए ।

जोगबनीले पाएको २ सय २० रनको लक्ष्य पछ्याउने क्रममा १४ ओभर १ बल खेल्दै सबै विकेटको क्षतिमा १ सय १२ रनमै समेटियो । अमन राजले २८ रन, आदित्य राजले १७ रन र असफाक अन्सारीले १२ रनको योगदान गरे ।

बलिङमा होराइजनका दीपेश कँडेलले ३ विकेट, फिर्दोस अन्सारीले २ विकेट लिए भने मिनाश थापाले २ विकेट लिए ।  खेलको प्लेयर अफ द म्याच होराइजनका मिनाश थापाले ३ हजार १ सय रुपैयाँ प्राप्त गरे ।

मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आइतबारको पहिलो खेल भारतको दिल्ली युथ क्लब र भारत पटनाको फार्मेन्स क्रिकेट एकेडेमी तथा दोस्रो खेल सिराहा जिल्ला क्रिकेट क्लब र विहार पूर्णियाको डिजायर क्रिकेट क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्न एकेडेमीकी सचिव शान्ता श्रेष्ठले जानकारी दिइन् । 

प्रतियोगितामा व्यक्तिगत विधातर्फ ‘म्यान अफ द टुर्नामेन्ट’ लाई २५ हजार, सर्वाधिक रन र विकेट लिनेलाई जनही १५ हजार प्रदान गरिने छ । 

चैत ३० गतेसम्म हुने प्रतियोगितामा नेपालका ६ र भारतका ६ गरी १२ टिमको सहभागिता रहेको छ । 

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम) ले प्रतियोगिताको उद्‌घाटन गर्दै कोशी प्रदेशमा क्रिकेट खेलको विकासका लागि यस प्रकारका प्रतियोगिताहरूको महत्वपूर्ण भूमिका खेल्ने बताए । 

कोशी प्रदेशमा क्रिकेट खेलको विकास र प्रवर्द्धनका लागि नेपाल र भारतबीचको यस्ता प्रतियोगिताले महत्वपूर्ण योगदान गर्ने बताउँदै, सदस्यसचिव बस्नेतले भने, ‘प्रतियोगिताले खेलाडीमा भएको प्रतिभा बाहिर आउने र आफूलाई चिनाउने अवसर प्रदान गर्छ । प्रदेश सरकारले क्रिकेटलगायत सबै खेलकुदको विकासका लागि आवश्यक पूर्वाधार निर्माण र खेलाडी प्रशिक्षणमा विशेष ध्यान दिइरहेको छ ।’

तपाइको प्रतिक्रिया
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.