अन्तर्राष्ट्रिय खेलकुद दिवसमा र्‍याली 

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २४, आइतबार २०:०१

विराटनगर । अन्तर्राष्ट्रिय खेलकुद दिवस कोशी प्रदेश खेलकुद विकास बोर्डले विभिन्न कार्यक्रम गरी मनाएको छ । 

अन्तर्राष्ट्रिय खेलकुद दिवसका अवसरमा विकास र शान्तिका लागि खेलकुद भन्ने मूल नाराका साथ बोर्डले आइतबार विराटनगरमा बृहत् र्‍यालीको आयोजना गरेको छ ।

विराटनगरस्थित सहिद रंगशालाबाट सुरु भएको र्‍याली अस्पताल चोक, जलजला चोक, गोल्छा चोक हुँदै बोर्डको कार्यालयमा पुगेर समापन भएको थियो ।

र्‍यालीपछि आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईले ९ औं राष्ट्रिय खेलकुदमा प्रदेशले हासिल गरेको नतिजाभन्दा उत्कृष्ट नतिजा ल्याउने गरी १० औं खेलकुदको तयारीमा जुटेको बताए ।

उनले हालै सम्पन्न कोशी प्रदेश खेलकुद महोत्सव पनि राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीको एक स्वरूप भएको धारणा राखे । 

बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले १० औं राष्ट्रिय खेलकुदको तयारी स्वरूप बोर्डले विभिन्न प्रतियोगिताहरू आयोजना गरिरहेको जानकारी दिए । 

‘खेलाडीले खेलेरै जीवन निर्वाह गर्न सक्छन् भन्ने कुरालाई स्थापित गर्नका लागि हामीले निरन्तर रूपमा खेल गतिविधि गरिरहेका छौं,’ सदस्यसचिव बस्नेतले भने । 

उनले खेलकुद महोत्सवले अरू प्रदेशलाई पनि सकारात्मक सन्देश दिएको बताए । 

त्यस्तै, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दामोदर फुँयालले खेलकुद चलायमान बनाउन बोर्ड सक्रियताका साथ अगाडि बढिरहेको बताए । 

तपाइको प्रतिक्रिया
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.