बार चुनावको मतगणना आजदेखि

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २५, सोमबार १०:२७

काठमाडौँ । नेपाल बार एसोसिएसनको चुनावको मतगणना आज (सोमबार) देखि सुरु हुने भएको छ । नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो ।

देशभरका ३५ मतदान केन्द्रमा भएको मतपेटिकाहरू काठमाडौँ आइपुगेसँगै सोमबार दिउँसोबाट मतगणना थालिने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनमा देशभरका ९ हजार ९९७ मतदाताहरुमध्ये ७ हजार ९९५ मत खसेको थियो ।

नेपाल बारको २७ औ महाधिवेशनमा अध्यक्षका लागि प्राध्यापक विजय मिश्र र वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

यसपटक बारको चुनावमा प्रतिस्पर्धी मानिएका कांग्रेस निकट वकिलहरूको संगठन डिएलएले र एमाले निकट वकिलहरूको संगठन पीपीएले गठबन्धन गरेर चुनावमा गएका हुन् । उनीहरुले साझा उम्मेदवारका रुपमा अध्यक्षमा मिश्र र महासचिवमा केदार कोइरालालाई अघि सारेका थिए ।

त्यस्तै, माओवादी केन्द्र निकट कानुन व्यवसायी र एकीकृत समाजवादी रासोपा सहितका दल निकटका वकिलहरूको उम्मेदवारका रुपमा श्रेष्ठ मैदानमा छन् ।

तपाइको प्रतिक्रिया
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.