
काठमाडौं । भारतीय नागरिक ८ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । उनी थाइल्याण्डको बैंककबाट काठमाडौं आएका हुन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिक २८ वर्षीय सन्दीप कुभाटुमोला उन्नी छन् । अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाको एक्स–रे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको ब्यागेजमा गाँजा फेला परेको थियो ।
पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि लागु औषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको छ । उनी आइतबार थाई एअरको उडानमार्फत बैंककबाट काठमाडौं आएका थिए ।

























