योगामा नेपाललाई २ स्वर्णसहित ६ पदक

Share this
769shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २६, मंगलबार १२:११

काठमाडौं ।    नेपालले १६ औँ विश्व योगासना च्याम्पियनसिपमा २ स्वर्णसहित ६ पदक जितेको छ । नेपालले थप १ रजत र ३ कांस्य पदक पनि जित्यो ।

मलेसियाको क्वाललम्पुरमा भएको प्रतियोगितामा ९ देखि ११ वर्ष उमेर समूहमा प्रयासजंग चौहान र १२ देखि १४ वर्ष उमेर समूहमा प्रत्युषा खतिवडाले स्वर्ण पदक जिते ।

९ देखि ११ वर्ष उमेर समूहमा अमिष पटेलले रजत पदक प्राप्त गरे । सोही उमेर समूहमा किरण मगर र संस्कृति चौलागाईं तथा १५ देखि १७ वर्ष उमेर समूहमा सुन्दर सार्कीले कास्य पदक प्राप्त गरेका छन् ।

२३ राष्ट्रका १ सय ५३ खेलाडी सहभागी प्रतियोगितामा नेपालबाट ३१ जना खेलाडी सहभागी भएका थिए ।

तपाइको प्रतिक्रिया
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.