
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेर उकालो लागेको छ ।
अघिल्लो दिन प्रतितोला ४ सय घटेको सुन आज २ हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबारका लागि भाउ प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ ।
अघिल्लो दिन १ लाख ७३ हजार ४ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ ।
अघिल्लो दिन प्रतितोला १ हजार ८ सय ३० मा कारोबार भएको चाँदी आज १ हजार ८ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

























