
काठमाडौं । बुधबार सेयर बजार मापन परिसुचक नेप्से सामान्य अंकले बढेको छ । बुधबार कारोबारको सुरुवाती समयमा सामान्य अंकले उकालो लागेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.६६ अंकको वृद्धि भएको हो । बुधबार ६७६.२८ बिन्दुमा पुगेर कारोबार बन्द भएकाे हाे ।
आज ४ अर्ब ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार भने नेप्सेमा ५ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बुधबार कारोबारमा आएकामध्ये १५४ कम्पनीको सेयर मूल्य बढ्दा ९० कम्पनीको घटेको छ ।
आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढ्दा विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.९९ प्रतिशतले बढेको छ ।

























