
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा नयाँ एवं ऐतिहासिक रेकर्ड कायम भएको छ ।
एकैदिन आज (बिहीबार) सुनको मूल्य प्रतितोला ५ हजार ७ सय रूपैयाँले बढेर १ लाख ८१ हजार नाघेको छ । भाउ बढेसँगै मूल्य प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेको हो ।
अघिल्लो दिन प्रतितोला २ हजार रूपैयाँले मूल्य बढेको थियो । बुधबार प्रतितोला १ लाख ७५ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो । सुनको मूल्यमा एक्कासि भारी मात्रामा वृद्धि भएको हो ।
नेपाली बजारमा चाँदीको पनि मूल्य बढेको छ । प्रतितोला ६५ रूपैयाँले भाउ बढेको हो । मूल्य बढेसँगै चाँदी प्रतितोला १ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

























