साढे १० खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २८, बिहीबार ११:२१

काठमाडौं । वैदेशिक रोजगारीमा जाने बढेपछि रेमिट्यान्स पनि बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको आठ महिनामा १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ भित्रिएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.४ प्रतिशतले बढी हो ।

नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी रिपोर्ट सार्वजनिक गर्दै वैदेशिक रोजगारीमा जानेहरू पनि बढेको देखाएको हो । वैदेशिक रोजगारीका लागि नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख १७ हजार रहेको छ । गत वर्ष २ लाख ८५ हजार थियो ।

गत असारमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति यो आठ महिनामा १८ प्रतिशतले वृद्धि भई फागुनसम्ममा २४ खर्ब ९ अर्ब पुगेको छ । कर्जामा भने सामान्य सुधार मात्रै देखिएको छ ।

फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३ खर्ब ४ अर्ब ८२ अर्थात् ६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ९९ अर्ब ५० करोड अर्थात् ४.२ प्रतिशतले बढेको थियो । सरकारको खातामा झन्डै चार खर्ब रकम थुप्रिएर बसेको पनि राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
गौरको कानुपट्टी सीमा क्षेत्रबाट ९ एमएमका २७ थान गोली बरामद
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.