इण्डो–नेपाल क्रिकेट : उपाधिका लागि विराटनगर र पटना खेल्दै  

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २९, शुक्रबार १९:१७

विराटनगर । पटनाको हाइपर क्रिकेट क्लब र विराटनगरको वाइआरसीसी क्रिकेट क्लब चौथोे मिल्स कप इण्डो–नेपाल टी २० क्रिकेटको फाइनलमा पुगेका छन् ।

दुवै टोलीले उपाधि जितका लागि शनिबार विराटनगरस्थित जुट मिलको खेल मैदान खेल्ने छन् ।

प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो सेमिफाइनलमा खेलमा पटनाले विराटनगरको होराइजन क्रिकेट क्लबलाई ५ विकेटले हराउँदै उपाधि नजिक पुगेको हो ।

टस जितेर ब्याटिङ थालेको होराइजनले निर्धारित १६ ओभरमा ८ विकेट गुमाउँदै १ सय १३ रनको चुनौती प्रस्तुत गर्यो । मिनास थापाले ३७ रन, फिर्दोस अन्सारीले १७ रन र प्रेम कामतले १४ रन बनाए ।

बलिङमा पटनाका रिसब राकेशले ३ विकेट, विक्की रन्जनले २ विकेट, नन्द किशोर र पुरुषोत्तम कुमारले समान १–१ विकेट लिए ।

१ सय १४ रनको लक्ष्य पछ्याउने क्रममा पटनाले १४ ओभर ४ बल खेल्दै ५ विकेटको क्षतिमा  विजयी हासिल गर्यो । विक्की रन्जनले ३४ रन, पुरुषोत्तम कुमारले ३२ रन र अनुज रन्जनले २७ रन बनाए ।

बलिङमा होराइजनका फिर्दोस अन्सारीले ३ विकेट र दीपेश कँडेलले १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच पटनाका विक्की रन्जनले ३ हजार रुपैयाँ प्राप्त गरे ।

त्यसैगरी, अर्को खलेमा विराटनगरको वाइआरसीसीले विराटनगरकै सिद्धार्थ क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको छ ।

वाइआरसीसीले टस जितेर पहिले ब्याटिङको मौका सिद्धार्थलाई दिएको थियो । पहिलो ब्याटिङ थालेको सिद्धार्थले १३ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ७७ रनमै समेटियो । अविनाश कर्णले २० रन, नितेश यादवले १९ रन, नुमार अहमदले १३ रन बनाए ।

बलिङमा वाइआरसीसीका रामनरेश गिरीले ६ विकेट लिए भने नरेन साउद र अमित श्रेष्ठले समान २–२ लिए ।

७८ रनको विजय लक्ष्य पाएको वाइआरसीसीले ७ ओभर ५ बलमा ४ विकेट गुमाउँदै विजयी निकाल्यो । इमरान सेखले ३० रन, शंकर रानाले १८ रन र लोकेश बमले १४ रन बनाए ।

बलिङमा सिद्धार्थका श्रवण यादव र दिवान पुनले समान २–२ विकेट लिए । खेलको प्लेयर अफ द म्याच वाइआरसीसीका रामनरेश गिरीले नगद ३ हजार रुपैयाँ प्राप्त गरे ।

एकेडेमीकी सचिव शान्ता श्रेष्ठका अनुसार विजेता टोलीले २ लाख १ हजार र उपविजेता टोलीले १ लाख १ हजार रुपैयाँका साथै ट्रफी जित्ने छन् ।

तपाइको प्रतिक्रिया
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.