लागुऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ३१, आइतबार १२:५२
प्रतीकात्मक तस्बिर

काठमाडौँ । प्रहरीले लागुऔषधसहित विभिन्न स्थानबाट १७ जनालाई पक्राउ गरेको छ । काठमाडौँ, ललितपुर, सुनसरी लगायतका जिल्लाबाट १७ जना पक्राउ परेका हुन् । काठमाडौँ महानगरपालिका–१३ बाफलबाट  डाइजेपाम ४ एम्पुल, नोर्फिन ४ एम्पुल र प्रोमेथाजाइन हाइड्रोक्लोराइड ४ एम्पुलसहित नागार्जुन नगरपालिका–७ हसनटार बस्ने लमजुङ बेसीसहर नगरपालिका–२ घर भएका ३० वर्षीय सन्दिप बोहरालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै, ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित मेरोसिटी अपार्टमेन्टको ब्लक सी को कोठा नम्बर ३०२ बाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब २७ ग्राम र नगद ९० हजार रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ बेलवारी नगरपालिका–८ घर भई काठमाडौँ कपन बस्ने २० वर्षीया प्रमिला तामाङ र विराटनगर महानगरपालिका–११ घर भई काठमाडौँ पुरानो बानेश्वर बस्ने २१ वर्षीया सोनाम साह छन् ।

त्यसैगरी मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ बाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ६१ मिलिग्रामसहित धनुषा महेन्द्रनगर घर भई बारा जीतपुर सिमरा उपमहानगरपालिका–३ बस्ने २९ वर्षीय जुनेत अन्सारी भन्ने महमद अब्द खान समेत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बिजला टोलबाट लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ४ सय २० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय अभिषेक कुमार चौधरी र रामधुनी नगरपालिका(३ बस्ने २२ वर्षीय मनिष तामाङ छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ६ ढलान रोडबाट लागूऔषध ट्रामाडोल १ हजार ४ सय १० ट्याब्लेट सहित सोही ठाउँ बस्ने १४ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै तेह्रथुमको म्याङलुङ नगरपालिका–७ लाक्चाम टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ट्याब्लेट र स्पास्मिड ४ सय ट्याब्लेट सहित सोही नगरपालिका–८ कोबेक बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जिरी खिम्तिबाट खटिएको प्रहरीले जिरीबाट मोराहाङतर्फ जाँदै गरेको को.३८ प ५०९५ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ बाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १ ग्राम ८ सय ८० मिलिग्राम सहित गोदावरी नगरपालिका–१० बस्ने २३ वर्षीय महेश बोगटीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीकै धनगढी उपमहानगरपालिका–२ बाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब २ सय ७० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चनपुर कृष्णपुर नगरपालिका–७ बस्ने २९ वर्षीय मनोज राना र २९ वर्षीय सोहन राना छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, गौरीगंगा नगरपालिका–३ कुचैनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने १५ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलालीकै धनगढी उपमहानगरपालिका–२ बाट लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित गोदावरी नगरपालिका–२ बस्ने २१ वर्षीय अमिश सार्कीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीकै जानकी गाउँपालिका–३ बाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय भुवन कठरिया र २२ वर्षीय राकेश डगौरा थारू छन् ।

तपाइको प्रतिक्रिया
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
कोशी र गण्डकीमा वर्षा तथा हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.