सप्तकोसी नदी किनारबाट १ क्वीन्टल गाँजा बरामद

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १, सोमबार १४:३४

उदयपुर । उदयपुरको बेलका नगरपालिका–८ स्थित सप्तकोसी नदी किनारबाट प्रहरी ठुलो परिमाणमा लागु औषध गाँजा बरामद गरेको छ ।

सप्तकोसी नदी हुँदै गाँजा तस्करी हुँदै छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र अस्थायी प्रहरी पोस्ट कोठुको प्रहरी टोलीले सोमबार बिहान पौन २ बजेतिर नदी किराना बेवारिसे अवस्था गाँजाको ६ वटा पोका फेला पारेको प्रहरीले जनाएको छ ।

गाडीको २ वटा ट्युबमाथि नदी किनारमा पानीमा तैरिएको अवस्थामा ६ वटा प्लास्टिकको बोरामा रहेको १ सय ८० किलोग्राम गाँजा बरामद गरेको कोसी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीमबहादुर दाहालले जानकारी दिए ।

बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको छ र ओसारपसारमा संलग्न व्यक्तिहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.