फोर नेसन्स कप बक्सिङमा नेपाललाई ४ स्वर्ण

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १, सोमबार १७:२४

काठमाडौं । भुटानको थिम्पुमा सम्पन्न फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिपमा नेपालले ४ स्वर्ण, ३ रजत र २ कांस्य पदक जितेको छ ।

यो नतिजासँगै ४ राष्ट्र सहभागी भएको प्रतियोगितामा नेपाल दोस्रो भयो । भुटान पहिलो भयो ।

यिनै ४ टिमको संयुक्त प्रशिक्षण शिविर पनि सम्पन्न भएको नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवालेले जानकारी दिएका छन् ।

प्रशिक्षण अप्रिल ८–१० तारिख तथा प्रतियोगिता अप्रिल ११–१३ तारिखसम्म भएको थियो । नेपालको ७ खेलाडी फाइनल पुगेकोमा ४ जनाले स्वर्ण जित्न सफल भए ।

महिला ५० केजी तौल समूहमा नेपालकी आरती बम्जनले भुटानकी जामो जिग्दाललाई ५–० अंकमा पराजित गरी पहिलो स्वर्ण दिलाइन् । महिला ५२ केजीमा नेपालकी अस्मिता दुवालले भुटानकै डेमो नोर्नुलाई ५–० अंकले आधारमा हराउँदै नेपाललाई दोस्रो स्वर्ण दिलाइन् ।

त्यसैगरी, महिला ५४ केजीमा नेपालकी वर्षा श्रेष्ठले भुटानकै लामो तासीलाई ४–१ अंकको पछि पार्दै स्वर्ण जितिन् ।
पुरुष ५१ केजीमा नेपालका लक्ष्मण राईले भारत ( सिक्किम ) का कृष्ण कैलाश राईलाई ५–० अंकको आधारमा पाखा लगाउँदै स्वर्ण जिते ।

पुरुष ४८ केजीमा नेपालका लालप्रसाद उप्रेतीले भुटानका प्रतिस्पर्धात्मक खेलमा दोर्जे मगरसँग ४–१ अंकले पराजित हुँदै दोस्रो भए । पुरुष ५४ केजीमा नेपालले ठूलो आशा गरिएका चन्द्रबहादुर थापा बङ्गलादेशका महमद उन्सोवसँग फाइनलमा ३–२ अंकले चुके ।

३ राउन्ड नै आफ्नो पक्षमा पार्दै उत्कृष्ट खेल प्रदर्शन गरेका चन्द्रले अन्तिम राउन्डमा रेफ्रीको चेतावनी पाई अंक बराबर हुँदा पुनः जजहरूले अंक दिँदा ३ः२ ले पछि पर्दै रजतमा सीमित भए ।

यसअघि चन्द्रले सेमिफाइनलमा भारतका खेलाडीलाई ५–० ले पन्छाउँदै फाइनल पुगेका थिए ।

भुटान बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा नेपालबाट प्रशिक्षकमा मुख्य प्रशिक्षक ओलम्पियन प्रवीन तुलाधर, आइबा थ्री स्टार कोच दीपक महर्जनका साथमा सहयोगी प्रशिक्षकहरू उमेश कटुवाल र सन्दीप श्रेष्ठ थिए ।

भुटान बक्सिङ संघको निमन्त्रणामा प्रतियोगिता सञ्चालनका लागि टेक्निकल डेलिगेट हेडको रूपमा नेपालको पहिलो अन्तर्राष्ट्रिय टेक्निकल अफिसियल पुष्करराज पन्तलाई जिम्मेवारी दिइएको थियो ।

तपाइको प्रतिक्रिया
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.