
काठमाडौं । नयाँ वर्षको सुरुवातसँगै नेपाली बजारमा सुनको मूल्यमा गिरावट देखिएको छ ।
यसअघि गत वर्ष १ लाख ८६ हजार पुगेर कीर्तिमान बनाएको सुन यस वर्ष घटेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार मंगलबार (आज) सुन १ लाख ८४ हजार ३ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै, चाँदी १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । चाँदी यसअघि १ हजार ९ सय ६० रुपैयाँ पुगेको थियो ।

























