पदक विजेता दावालाई सम्मान 

Share this
803shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २, मंगलबार ११:५८

काठमाडौं । चौथो विश्व क्योकुसिन तेजुका कराँते च्याम्पियनसिपका रजत पदक विजेता दावा शेर्पालाई सम्मान गरिएको छ ।

गैर आवासीय नेपाली, जापानका सुवर्ण कार्कीले रजत पदक विजेता शेर्पालाई एक कार्यक्रमका बीच प्रोत्साहन स्वरूप ५० हजार रुपैयाँका साथ सम्मान गरे ।

जापानको फकुओकामा गत फेब्रुअरी २४ तारिखमा भएको प्रतियोगितामा दावाले पुरुष एकल कातामा रजत जितेका थिए ।

सम्मानपछि कार्कीले भने, ‘विश्व च्याम्पियनसिपमा पदक जित्नु चानचुने कुरा होइन । यो ऐतिहासिक उपलब्धि हासिल गरेकोमा तपाईं ( दावा ) लाई बधाई छ । तपाईंको सफलता पैसासँग तुलना गर्न  मिल्दैन । यसलाई मेरो व्यक्तिगततर्फ बाट सम्मान र प्रोत्साहन सम्झनु होला ।’

कार्कीले सोही प्रतियोगिताका दौरान भएको अन्तर्राष्ट्रिय कराँते संगठन क्योकुसिनकाइ–कान (तेजुका समूह), जापानले आयोजना गरेको अन्तर्राष्ट्रिय डान ग्रेडिङ टेस्टबाट ५  औं डान प्राप्त गर्न सफल नेपाल क्योकुसिन कराँते (इको) संघका अध्यक्ष दमन बस्नेतलाई बधाई दिए ।

कार्यक्रममा अध्यक्ष बस्नेतले दावाले जितेको पदक नेपाली फुल कन्ट्याक्ट कराँतेको इतिहासमा अहिलेसम्मकै ठुलो सफलता भएको बताए ।

दावालाई सोही उपलब्धिका लागि नेपाल क्योकुसिन कराँते (इको) संघले पनि गत चैत २८ गते २५ हजार नगदसहित सम्मान गरेको थियो ।

तपाइको प्रतिक्रिया
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.