
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन् ।
एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार ६ कलिो ९७० ग्राम गाँजासहित भारतीय नागरिक भिसाक भिजयनलाई पक्राउ गरिएको हो । उनी थाई एयरको उडानमार्फत बैंकक हुँदै सोमबार राति नेपाल आएका थिए ।
लगेज चेकजाँचका क्रममा गाँजा बरामद भएको थियो । त्यसलगत्तै पक्राउ गरिएका भिजयनलाई थप अनुसन्धानका लागि लागुअषौध नियन्त्रण ब्युरोमा पठाइएको छ ।

























