
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँले घटेको हो ।
मूल्य बिहीबार एकै दिन ३ हजार ६ सय रूपैयाँले बढेको थियो । बिहीबार प्रतितोला हालसम्मकै उच्च मूल्य १ लाख ९० हजार ६ सय रूपैयाँमा किनबेच भएको थियो ।
तर, शुक्रबार भाउ घटेको छ । मूल्य घटेसँगै सुन प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने यथाव रहेको छ । शुक्रबार प्रतितोला चाँदी १ हजार ९ सय ६० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

























