
काठमाडौं । सर्वोच्च अदालतमा डा. गुणाकर भट्टविरुद्ध शुक्रबार रिट निवेदन दर्ता भएको छ ।
नेपाल राष्ट्र बैंककाे कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका भट्टलाई गभर्नर नियुक्तिका लागि योग्यता नपुगेको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्च प्रशासनमा निवेदन दर्ता गराएका हुन् ।
आइतबार नै पेसीमा चढाउने गरी पूरक निवेदन सर्वोच्च प्रशासनले स्वीकार गरेको बताइएको छ । सरकारमा रहेका दलहरूबिचको सहमतिका आधारमा ऐनको बाटो छाडेर दूषित कार्य भएको दाबी निवेदकहरूले गरेका छन् ।
कार्यकारी निर्देशक पदबाट भट्टले शुक्रबार मात्रै राजीनामा दिए पनि स्वीकृत भइसकेको छैन ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्थाको कार्यविधि विपरीत डा. भट्टलाई कानुनको विधि परित्याग गरी नेताहरूको सहमतिको आधारमा नियुक्ति गर्ने गैर कानुनी प्रपञ्च रचिएको पनि पूरक रिट निवेदनमा दाबी गरिएको छ ।

























