
काठमाडौं । योग्यता नपुग्ने भन्दै डा. गुणाकर भट्टलाई गभर्नर नबनाउन माग गरेर सर्वोच्च अदालतमा दायर गरिएको रिट हेर्न नभ्याउनेमा परेको छ ।
अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाको तर्फबाट शुक्रबार सर्वोच्चमा दायर पूरक निवेदनको पेसी आइतबारका लागि तोकिएको थियो । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासको ४० औं नम्बरमा पेसी चढेको सो मुद्दा हेर्न नभ्याइनेमा परेको हो ।
गभर्नर छनोटको प्रक्रिया नै सुरु नभइ गभर्नर बनाउन लागिएको भनेर हल्लाको भरमा रिट दायर गरिएको थियो । उक्त रिट सर्वोच्चको प्राथमिकतामा परेन ।
छनोट समितिले योग्य व्यक्तिलाई सिफारिस गरेपछि मन्त्रिपरिषद्बाट गभर्नर नियुक्त गर्ने प्रावधान छ । भट्टलाई गभर्नर बनाउन राजनीतिक संयन्त्र सहमत भइसकेको चर्चा चलेको छ ।

























