एसियन ई स्पोर्ट्स च्याम्पियनसिप हुने

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ७, आइतबार १७:३९

काठमाडौं । ई स्पोर्ट्स संघ नेपालको आयोजनामा एसियन ई स्पोर्ट्स च्याम्पियनसिप आयोजना हुने भएको छ ।

काठमाडौंमा आइतबार आयोजक संस्था ई स्पोर्ट्स संघले पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो ।

संघका अध्यक्ष अन्जन धमलाले सरकारको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएको कार्यक्रमलाई वैशाखको अन्तिम साता सञ्चालन गर्न लागिएको बताए ।

ई स्पोर्ट्सको पब्जी मोबाइल खेललाई समावेश गरेर एसियाली स्तरको प्रतियोगिता आयोजना गर्न लागेको बताउँदै, अध्यक्ष धमलाले भने, ‘भर्चुअल एरिनामा एसियाका उत्कृष्ट गेमरलाई एकताबद्ध गर्न प्रतियोगिता उपयोगी हुने गरेका छौँ । अनलाइनमार्फत हुने प्रतियोगिता वैशाख २६, २७ र २८ गते सञ्चालन हुनेछ ।’

संघका वरिष्ठ उपाध्यक्ष हिमविक्रम केसीले प्रतियोगितामा नेपालसहित एसियाका १३ देश सहभागी हुने बताए ।

उनका अनुसार प्रतियोगितामा मलेसिया, सिंगापुर, इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, पाकिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, लेबनान, मंगोलिया, श्रीलंका, माल्दिभ्स सहभागिता हुनेछन् ।

सचिव आशिष दाहालले एसियाली देशलाई प्रतियोगिताका लागि निमन्त्रणा गरेर सहभागिता निश्चित गरिएको उल्लेख गरे ।

ईशानको इभेन्ट कमिटीका संयोजक समेत रहेका दाहालले एसियाली च्याम्पियनसिपको तयारी तीव्र रूपमा अघि बढेको बताए । कुल १० लाख पुरस्कार रहेको प्रतियोगितामा शीर्ष ६ टिमले पुरस्कार रकम प्राप्त गर्नेछन् ।

तपाइको प्रतिक्रिया
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
कोशी र गण्डकीमा वर्षा तथा हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.