
काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य हालसम्मकै उच्च भएको छ । मूल्य केही समययता अत्यधिक बढिरहेको छ ।
जसका कारण बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो । सुन सोमबार प्रतितोला १ लाख ९१ हजार रूपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै धेरै रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि बिहीबार सुनको मूल्य तोलाको १ लाख ९० हजार ६ रुपैयाँ पुगेको थियो । आइतबार भने १ लाख ८९ हजार ८ सय थियो । सोमबार प्रतितोला १ हजार २ सय रूपैयाँ बढेको छ ।
चाँदीको मूल्य भने यथावत छ । मूल्य स्थिर हुँदा चाँदी प्रतितोला १ हजार ९ सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

























