बिहे भएको २ महिनामै पत्नीको हत्या

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ८, सोमबार १३:२७

काठमाडौं । बिहे भएको २ महिनामै १ जना पुरुषले पत्नीको बीभत्स हत्या गरेका छन् ।

काठमाडौंको शंकरापुर नगरपालिका–९ मा बस्दै आएका ५८ वर्षीय पदमबहादुर तामाङले पत्नी ४५ वर्षीया माइली तामाङको हत्या गरेको प्रहरीले जनाएको छ । उनीहरुबीच २ महिनाअघि मात्रै बिहे भएको प्रहरीको भनाइ छ ।

पदमबहादुरले आइतबार राति ९ः३० बजेतिरबजेतिर खुकुरी प्रहार गरेर पत्नीको हत्या गरेका हुन् । रामेछापको खाँडादेवी गाउँपालिका–७ स्थायी ठेगाना भएर शंकरापुर–९ मा बस्दै आएका उनी घटनापछि फरार छन् । प्रहरीले खोजी गरिरहेको छ ।

उनीहरू त्यहाँ कृषिकार्य गरी जीविकोपार्जन गर्दै आएका थिए भने मृतक माइलीका पूर्वपतितर्फ २ सन्तान छन् । उनी पूर्वपतितर्फका सन्तानसँग सुतेकी थिइन् ।

सुतेकै ठाउँमा पति पदमबहादुरले खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट ११ र १० वर्षका बच्चा गम्भीर घाइते भएका छन् । उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

पदमबहादुरले पत्नीको हत्या गर्नुको कारण खुल्न बाँकी छ । यद्यपि, पत्नी आफूसँग सुत्न नआएको झोकमा हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । पक्राउ गरेर अनुसन्धान अघि बढाएपछि घटनाको वास्तविकता पत्ता लाग्ने प्रहरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
कोशी र गण्डकीमा वर्षा तथा हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.