
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य प्रतितोला २ सय रूपैयाँले बढेको छ ।
अघिल्लो दिनको तुलनामा मूल्य सामान्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । भाउ बढेसँगै प्रतितोला सुन १ लाख ९० हजार ६ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला ४५ रूपैयाँले बढेको हो । भाउ बढेसँगै चाँदी तोलाको २ हजार १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

























