डिफेन्डिङ च्याम्पियन आर्मीको विजयी सुरुवात 

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १३, शनिबार १७:१२

विराटनगर । मनमोहन मेमोरियल कप क्रिकेट (एमएम कप) प्रतियोगिताको तेस्रो संस्करणको उद्‌घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ ।

आर्मी पहिलो र दोस्रो संस्करणको विजेता हो । आर्मीले जितसँगै २ अंक बटुलेको छ ।

सुनसरी इनरुवाको मनमोहन कप फाउन्डेसनको विराटनगरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला आयोजना गरेको प्रतियोगिताको पहिलो दिन आर्मीले अर्को विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)लाई २ विकेटले पराजित गर्‍यो ।

आर्मीले टस जितेर फिल्डिङ रोज्दै पहिलो ब्याटिङको अवसर एपीएफलाई दिएको थियो । पहिले ब्याटिङ थालेको एपीएफले ४४ ओभर ३ बलमा अलआउट हुँदै १ सय ३० रनको चुनौती प्रस्तुत गर्‍यो ।

प्रकाश जैसीले ३४ रन, भुवन कार्कीले २५ रन, दीपक बोहराले १६ रन, अभिषेक पालले १२ रन र आयुष्मान बमले ११ रन बनाए । बलिङमा आर्मीका दुर्गेश गुप्ताले ३ विकेट तथा विशाल सुस्लिङ र नरेन साउदले २–२ विकेट लिए ।

आर्मीले पाएको १ सय ३१ रन लक्ष्य ३७ ओभर २ बलमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो । नरेन साउदले ६४ रन, सुमित श्रेष्ठले २१ रन र पवन कार्कीले १० रनको योगदान गरे ।

एपीएफका दिवन पुनले ३ विकेट, भुवन कार्की र विकास अग्रीले २–२ विकेट लिए । खेलको प्लेयर अफ द म्याच आर्मीका नरेन साउदले ४ हजार रुपैयाँ प्राप्त गरे ।

२० गतेसम्म हुने प्रतियोगितामा ३ विभागीय टोलीसहित ६ टोलीको सहभागिता रहेको छ । टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल (एपीएफ) र बागमती प्रदेश छ भने समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कोसी  प्रदेश र भारतको आसाम क्रिकेट टिम रहेको छ ।

५० ओभरको खेल लिग कम नकआउटका आधारमा हुनेछ । २ समूहको शीर्ष स्थानमा रहेका २  टोलीका बीच उपाधि जितका लागि खेल हुनेछ ।

प्रतियोगिताको विजेताले ४ लाख, उपविजेताले २ लाखका साथै ट्रफी, मेडल प्राप्त गर्ने छन् भने व्यक्तिगत विधातर्फ प्लेयर अफ द टुर्नामेन्टले २५ हजार, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरले जनही १५ हजारका रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगिताअन्तर्गत आइतबार एपीएफ र बागमती प्रदेशबीच खेल हुनेछ ।

 

तपाइको प्रतिक्रिया
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
कोशी र गण्डकीमा वर्षा तथा हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.