
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सीटी एफसीले जितेको छ । सीटीको यो लगातार दोस्रो जित हो ।
शनिवार दशरथ रंगशालमा भएको फाइनलमा पोखरा थण्डर्सलाई २–१ ले पराजित गर्दै ललितपुर तेस्रो संस्करणमा अपराजित रहेर च्याम्पियन बनेको हो ।
ललितपुरको जितमा इमोह इजेकेल र पापा इबोउ केबेले गोल गरे । पोखराका लागि सुदिल राईले एक गोल फर्काए । ललितपुर अपराजित रहँदै उपाधि जित्ने कीर्तिमान बनायो ।
च्याम्पियन बनेको ललितपुरले ८० लाख नगद प्राप्त गरेको छ । उपविजेता पोखराले ३० लाख हात पारेको छ ।



















