
काठमाडौं । कैलालीको सरकारी वकिलको कार्यालयबाट हतकडीसहित एक जना थुनुवा महिला फरार भएकी छन् ।
मानव बेचबिखन मुद्दामा पक्राउ परेकी ५० वर्षीय मिना शाही दमाईं म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगेको समय भागेकी हुन् ।
हतकडीसहित फरार भएकी उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । आफन्त नाता पर्ने बालिकालाई भारतमा बेचबिखन गरेको अभियोगमा इलाका प्रहरी कार्यालय टीकापुरले पक्राउ गरेको थियो ।

























