
विराटनगर । विभागीय टोली नेपाल पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि जितेको छ ।
विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालमा भएको तेस्रो मनमोहन स्मृति क्रिकेट प्रतियोगितामा २४ रनले आर्मीलाई हराउँदै पुलिसले उपाधि जितेको हो ।
पुलिसले पहिलो र दोस्रो संस्करणको विजेता आर्मीलाई पराजित गर्दै नगद ४ लाख र ट्रफी प्राप्त गर्यो भने उपविजेतामा चित्त बुझाएको आर्मीले २ लाख प्राप्त गर्यो ।
पुलिस र आर्मीको यस प्रतियोगिताको तेस्रो पटक फाइनलमा खेल्दै २ पटकको पराजयको बदला पुलिसले यस पटक लिएको हो ।
इनरुवाको एमएम कप फाउन्डेसनले आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा आर्मीले टस जितेर पहिलो फिल्डिङ रोज्दै पुलिसलाई ब्याटिङको निम्तो दिएको थियो ।
पहिले ब्याटिङको अवसर पाएर ब्याटिङ थालेको पुलिसले ५० ओभरमा अलआउट हुँदै २ सय ३९ रनको चुनौती प्रस्तुत गर्यो । अरुण ऐरीले ६४ रन, शंकर रानाले ५१ रन, दीपक डुम्रे पारी खेले । श्रवण यादवले ३२ रन तथा दीपक डुम्रेले ३६ रन, श्रवण यादवले ३२ रन, अविनाश कर्णले १९ रन बनाए ।
बलिङमा आर्मीका नरेन साउद, दुर्गेश गुप्ता र तुलबहादुर थापाले समान २–२ विकेट लिए ।
पुलिसले दिएको २ सय ४० रनको चुनौती पछ्याउने क्रममा आर्मीले ४८ ओभरमा अलआउट हुँदै २ सय १५ रनमै समेटियो । हिमांशु दत्तले ६३ रन, निश्चल क्षेत्रीले ३६ रन, इमरान शेखले २४ रन, नरेन साउदले २१ रन, जितेन्द्रसिंह ठकुरीले २० रन र विशाल सुस्लिङले १८ रन बनाए ।
बलिङमा पुलिसका प्लेयर अफ फाइनल श्रवण यादवले ४ विकेट र चित्र विष्टले २ विकेट लिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मीका नरेन साउदले २५ हजार, उत्कृष्ट ब्याटर पुलिसका शंकर राना र उत्कृष्ट बलर कोशीका प्रेम कामतले जनही १५–१५ हजार र ट्रफी प्राप्त गरे ।
प्रतियोगितामा भारतको असाम क्रिकेट क्लब, कोशी प्रदेश, बागमती प्रदेश, विभागीय टोली नेपाल पुलिस क्लब, आर्मी क्लब र सशस्त्र प्रहरीको सहभागिता रहेको थियो ।
खेलाडीहरुलाई विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, क्यानका केन्द्रीय उपाध्यक्ष रोशन सिंह, नेपाली क्रिकेट टिमका पूर्व प्रशिक्षक जगत टमाटा, जिल्ला खेलकुद समिति मोरङका अध्यक्ष सुरज श्रेष्ठ, आयोजक संस्थाका अध्यक्ष विप्लव घोषलगायतले पुरस्कार प्रदान ग



















