
काठमाडौं । राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबको भेट अर्को विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ क्लब) सँग हुनेछ भने गण्डकीले नेपाल प्रहरीको सामना गर्ने छ ।
प्रहरीले बागमतीलाई २–० गोलले पराजित गर्यो । दुवै गोल ‘प्लेयर अफ द म्याच’ शंकर घर्ती मगरले गरे ।
सरोजकुमार गोलेको निर्णायक गोल मद्दतमा नव प्रवेशी टोली एपीएफले कर्णाली प्रदेशलाई १–० गोलले हरायो । सरोज नै ‘प्लेयर अफ द म्याच’ बने ।
गण्डकीले मधेसलाई ३–० गोलले पाखा लगायो । गण्डकीका दीपक तामाङले २ तथा कुशल नेपालीले १ गोल गरे । दुवै सेमिफाइनल मंगलबार हुनेछ ।



















