सविनको अध्यक्षतामा लोकतान्त्रिक ब्याडमिन्टन संघ गठन

Share this
665shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २६, शुक्रबार १५:५८

काठमाडौं । लोकतान्त्रिक ब्याडमिन्टन संघको अध्यक्षमा सविन ढुंगेल निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघको विधान बमोजिम संघको मातहत रहने गरी ‘लोकतान्त्रिक ब्याडमिन्टन संघ’ गठन गरिएको हो ।

ढंगेलको अध्यक्षतामा २७ सदस्यीय संघ गठन गरिएको छ । संघको वरिष्ठ उपाध्यक्षमा दानबहादुर तामाङ, उपाध्यक्षमा दीपेन्द्र बस्नेत, महासचिवमा इन्द्र दाहाल, उपमहासचिवमा ईश्वर आचार्य, सचिवमा रणबहादुर ऐरी, सहसचिवमा राजेन्द्र तामाङ, कोषाध्यक्षमा सन्तोष श्रेष्ठ र सह कोषाध्यक्षमा अभिषेक चालिसे रहेका छन् ।

त्यस्तै, सदस्यहरूमा सुनिल होना, प्रतीक श्रेष्ठ, राम राई, बिसन श्रेष्ठ, राजु राई, धनबहादुर भण्डारी, गोपाल श्रेष्ठ, प्रज्ज्वल घिमिरे, शरद तामाङ, कृष्टिना प्रजापति, निरुपा श्रेष्ठ, राजेन्द्र महर्जन, सरुषा मगर, निरन जोशी, ओम प्रकाश घिमिरे, विष्णु गोपाल गड्तौला, केदारप्रसाद आचार्य र रवीन्द्र महर्जन छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.