आईसीसी क्रिकेट विश्वकप लिग २ का लागि नेपाली टोली घोषणा

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २७, शनिबार १७:०७

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जुनमा स्कटल्याण्डमा हुने आईसीसी क्रिकेट विश्वकप लिग २ श्रृंखलाका लागि टोलीको घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरेको हो ।

टोलीको उपकप्तानको भूमिकामा दिपेन्द्रसिंह ऐरी छन्। टोलीमा रोहित र दिपेन्द्रसँगै आसिफ शेख, कुशल भुर्तेल, अनिल कुमार साह, भिम सार्की, आरिफ शेख, वसीर अहमद, गुलशन कुमार झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, ललित नारायण राजवंशी, नन्दन यादव र रिजन ढकाल छन् ।

लिग– २ लगत्तै स्कटल्याण्डमै आयोजना हुने टी– २० अन्तर्राष्ट्रिय सिरिजका लागि थप तीन खेलाडी पनि छनोट भएका छन् । टी– २० टोलीमा रुपेश कुमार सिंह, लोकेस बम र किरण ठगुन्ना थपिएका छन् । यी खेलाडीहरूले प्रतिस्थापन गर्ने खेलाडीहरूको नाम भने लिग– २ को खेल समाप्त भएपछि मात्र सार्वजनिक हुनेछ ।

किरण पहिलोपटक राष्ट्रिय टिममा परेका हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.