संवैधानिक आयोगका पदाधिकारी विरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २८, आइतबार १७:१५

काठमाडौं । संवैधानिक आयोगका ५२ पदाधिकारी विरुद्धको रिट आज (आइतबार) ‘हेर्दाहेर्दै’ मा राखिएको छ । केही समययता भइरहेको सुनुवाइमा रिटमाथि संवैधानिक निकायका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरिरहेका छन् ।

गत वैशाख ७ देखि १० गतेसम्म दिनहूँ सुनुवाइ भइरहेको संवैधानिक नियुक्ति विरुद्धको रिट प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको विदेश भ्रमणले स्थगित भएको थियो ।

रिटमाथिको सुनुवाइ आजदेखि पुनस् प्रधानन्यायाधीश राउतसहित न्यायाधीशहरु सपना प्रधान मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा सुरु भएको हो ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ साल मंसिर ३० गते संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरी ५२ जनालाई संवैधानिक निकायमा नियुक्त गरेको थियो ।

उक्त नियुक्तिविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालसहित १५ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.