
काठमाडौं । कन्चनपुरका पत्रकार खेम भण्डारीलाई जिल्ला अदालत कन्चनपुरले गाली बैज्जती मुद्दामा दोषी ठहर गरेको छ । कन्चनपुरकी बालिका निर्मला पन्त बलात्कार–हत्या प्रकरणका विषयमा प्रकाशित गरेकाे समाचारका विषयमा उनीमाथि गाली बेइज्जती मुद्दा परेको थियो ।
कन्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले बिहीबार मानसखण्ड दैनिककको सम्पादक भण्डारीलाई दोषी ठहर गर्दै १ महिना कैदको फैसला सुनाएको हो ।
कन्चनपुर जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले गाली बेइज्जतीको कसुरमा १ महिना कैदसँगै १० हजार जरिवाना र १ लाख क्षतिपूर्ति भराउने फैसला भएको बताए ।
निर्मला पन्त प्रकरणमा तथ्यहीन रुपमा आफूलाई जोड्दै सामाचार लेखेको भन्दै कन्चनपुरका तत्कालीन एसपी दिल्लीराज बिष्ट (हाल एसएसपीबाट अवकाश)का छोरा किरण बिष्टले उनीविरुद्ध मुद्दा दायर गरेका थिए ।

























