१९ वर्षमुनिको साफ च्याम्पियनशिप : उपाधिका लागि भारत र बङ्गलादेश खेल्दै

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ४, आइतबार ११:००

काठमाडौं । १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको फाइनल खेल आज (शुक्रबार) हुँदैछ ।

उपाधिका लागि आयोजक भारत र बङ्गलादेशले खेल्दैछन् । खेल भारतको गोल्डेन जुब्ली रङ्गशालामा नेपाली समयअनुसार बेलुका सवा ७ बजे शुरु हुनेछ ।

सेमिफाइनलमा भारतले माल्दिभ्सलाई तीन गोलले र बङ्गलादेशले नेपाललाई २–१ गोलले हराउँदै उपाधि नजिकै पुगेको हो ।

१९ वर्षमूनीको साफ च्याम्पियनशिपमा दक्षिण एशियाको पाकिस्तानबाहेक नेपालसहित भारत, श्रीलंका, भुटान, माल्दिभ्स र बङगलादेश सहभागि थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.