पीडितलाई न्याय दिन गुठी विधेयक ल्याउन माग

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ५, सोमबार १२:५८

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले गुठीको समस्याबाट देशैभर लाखौं नागरिक प्रभावित रहेको भन्दै समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आज (सोमबार) को बैठकको शून्य समयमा बोल्दै उनले गुठीसँग सम्बन्धित समस्या समाधानका लागि गहिरो अध्ययनको आवश्यक रहेको बताए ।

उनले गुठी विधेयक ल्याएर समस्या समाधान गर्न सरकारसँग आग्रह गरे । ‘जसको चोट उसैलाई सोध भनेजस्तै गुठीको पीडा भोग्नेलाई बढ्ता थाहा छ । यो पीडाबाट देशैभरका लाखौं नागरिक प्रभावित बनेका छन्,’ उनले भने, ‘यससँग सम्बन्धित समस्याको गहिरो अध्ययन गरी समस्या समाधानका लागि गुठी विधेयक ल्याउन म सभामुखमार्फत सरकारसँग माग गर्दछु ।’

उनले आफ्नो निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा पनि गुठीका धेरै समस्या रहेको चर्चा गरे । सिन्धुपाल्चोकमा १४६ वटा नाममा गुठी दर्ता भएको उनले बताए ।

‘सिन्धुपाल्चोक मेलम्चीको फटकशिला, लिशंखुको अत्तरपुर सिग्रे, बलेफीको फुल्पिङकोट फुल्पिङ डाँडा, माङ्खा, त्रिपुरासुन्दरीको तौथली धुस्कुन, बाह्रबीसको मानेसरा, जुगलको गुम्बा, सुनकोशीको पाङ्ग्रेटार, टेकनपुर, ठाकर्पा, कालिका लगायताक स्थानमा गुठीका समस्या छन्,’ उनले भने, ‘यस्तो समस्या देशैभर छन् । लाखौं नागरिक प्रभावित भएका छन् ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.