एसिया छनोटमा नेपाल उपविजेता हुँदा थाइल्यान्ड च्याम्पियन

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ६, मंगलबार १४:२२
काठमाडौं । आइसीसी महिला टी २० विश्वकप एसिया छनोटको उपाधि थाइल्यान्डले जितेको छ ।
टेडथाइई क्रिकेट मैदानमा मंगलबार (आज) भएको खेलमा थाइल्यान्डले नेपाललाई ७८ रनको फराकिलो अन्तरले हराउँदै च्याम्पियन बनेको हो । दुवै टोली ग्लोबल क्वालिफायरमा छनोट भइसकेका छन् ।
टस जितेर नेपालले फिल्डिङ रोज्दै पहिलो ब्याटिङको निम्तो थाइल्यान्डलाई दिएको थियो ।
पहिले ब्याटिङ थालेको थाइल्यान्डले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ५८ रन जोडेको थियो ।
नाताया बुचाथाम र नानापात कोन्चरोएन्काइले समान ५०–५० रन बनाए भने, नाथाकन चनतमले १४ रन र अफिसर सुवान्चोनराठीले २९ रन बनाए ।
बलिङमा नेपालकी मनिषा उपाध्याय र राजमती ऐरीले १–१ विकेट लिए ।
१ सय ५९ रनको विशाल लक्ष्य पछाएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ८० रनमा समेटियो ।
कविता कुँवरले २४ रन, राजमती ऐरीले २० रन र रुविना क्षेत्रीले १२ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा थाइल्यान्डकी ओनिचा कामछोम्पुले ४ विकेट र थिपाट्चा पुथाओङले ३ विकेट लिएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.