मोरङलाई प्रथम कोशी प्रदेश कुस्तीको उपाधि 

Share this
674shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ८, बिहीबार २०:१६

विराटनगर । मोरङले प्रथम कोशी प्रदेश स्तरीय कुस्ती प्रतियोगिताको उपाधि जितेको छ ।

झापाको गौरादहमा भएको प्रदेश स्तरीय प्रतियोगिताको विभिन्न तौल समूहमा मोरङले ९ वटा पदक जित्दै उपाधि जितको हो । झापा ५ वटा पदक जित्दै दोस्रो भयो भने सुनसरी ३ पदकका साथ तेस्रो स्थान हुन सक्यो ।

प्रतियोगितामा मोरङका लागि महिलातर्फ ५९ केजी तौलमा चानमुनी हेमरम, ५५ केजीमा सुनिताकुमारी साह, ५७ केजीमा सुप्रिया कार्की, ७२ केजीमा प्राप्ति ठाकुर र ७६ केजी तौलमा सुस्मिता राजवंशीले पदक दिलाए ।

महिला समूहकै ५३ केजी तौल समूहमा सुनसरीकी प्रियंका सरदार, ६२ केजीमा झापाकी प्रतिमा साह, ६५ केजीमा ताप्लेजुङकी ज्योति इवारम प्रथम भए भने उत्कृष्ट खेलाडी मोरङकी सुप्रिया कार्की भइन् ।

त्यस्तै, पुरुषतर्फ ५७ केजी तौल समूहमा झापाका फुर्वा लामा शेर्पा, ६१ केजीमा सुनसरीका नितेशकुमार यादव, ६५ केजीमा मोरङका विकास राजवंशी, ७० केजीमा मोरङका सविन राजवंशी र ७४ केजीमा झापाका सुमन श्रेष्ठ प्रथम भए ।

पुरुषकै ७९ केजीमा झापाका संगम मुण्डा, ८६ केजीमा दुर्गानन्द यादव, ९२ केजीमा मोरङका जयप्रकाश साह, ९७ केजीमा झापाका रिजन श्रेष्ठ र १२५ केजीमा मोरङका इन्द्र राजवंशी प्रथम भए । उत्कृष्ट खेलाडी झापाका फुर्वा लामा शेर्पा भए ।

प्रतियोगिताका विजयी खेलाडीलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम), जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त) लगायतले पुरस्कार प्रदान गरे ।

कोशी प्रदेश खेलकुद विकास बोर्डकाे संयोजन गौरादहमा जेठ ४ देखि ६ गतेसम्म भएको प्रतियोगितामा ४ जिल्लाको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.