एन्फाले मनायो ‘ग्रासरुट फुटबल डे’

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १०, शनिबार १९:१०

विराटनगर । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विभिन्न कार्यक्रम आयोजना गर्दै आज (शनिबार) ‘ग्रासरुट फुटबल डे’ मनाएको छ ।

एएफसीले पहिलोपटक २४ मे लाई ‘ग्रासरुट फुटबल डे’ का रुपमा मनाउन कार्यक्रम अघि बढाएसंगै ललितपुरस्थित एन्फा कम्प्लेक्समा करिब ५ सयभन्दा बढी बालबालिकाको सहभागितामा कार्यक्रम गरेको हो ।

एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङका अनुसार एन्फा कम्प्लेक्समा १२ वर्षमूनिका १ सय बालिका र ४ सयभन्दा बढी बालकले उत्साहपूर्वक सहभागिता जनाएका थिए । अध्यक्ष नेम्वाङका अनुसार विद्यालयका लागि फुटबल कार्यक्रम अन्तर्गत फिफाले ३२ हजार बढि फुटबल उपलब्ध गराएको छ ।

एन्फाका महासचिव किरण राईका अनुसार ग्रासरुट कार्यक्रम एन्फाले आवद्ध विभिन्न जिल्लामा आयोजना गरिरहेको छ । पछिल्लो समय संयुक्त राष्ट्रसंघले २५ मे लाई विश्व फुटबल दिवस, फिफाले २१ देखि २५ मे सम्म विश्व फुटबल सप्ताह मनाउँदै आइरहेको बताएका महासचिव राईले यसपटकबाट एएफसीले २४ मे लाई गैरव्यवसायिक, भेट्रान, फरक क्षमता भएकाहरुलाई फुटबलमा जोड्न ग्रासरुट दिवसका रुपमा मनाउन सुरु गरेको बताए ।

बालबालिकामा फुटबलसँगै क्षमता विकास, आत्मविश्वास, र खेलप्रतिको सकारात्मक भावनालाई ग्रासरुसटले जोड्ने ग्रासरुस संयोजक पंकज शाहीको भनाई छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.