कुस्तीमा सुरेशलाई कांस्य पदक

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ११, आइतबार १७:१६

काठमाडौं । युडब्लुडब्लु एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा नेपालका सुरेश चुनाराले कांस्य पदक जितेका छन् ।

भारतमा भएको प्रतियोगितामा ३ नेपाली खेलाडीको सहभागिता रहेको थियो । पछिल्लो समय सुस्ताएको कुस्तीलाई उकास्ने सवालमा यो सफलताले राष्ट्रिय टोलीका अन्य खेलाडीमा समेत उत्साह थपिएको नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीले बताए ।

उनले यो नेपाली कुस्तीको इतिहासमा ऐतिहासिक उपलब्धिसमेत भएको बताए ।

यस प्रदर्शनले नेपाली कुस्तीलाई धेरै प्रेरणा मिलेको टोलीका प्रशिक्षक मुमताज अलि इद्रिसीले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.