१६ वर्ष मुनिको राष्ट्रिय क्रिकेट जेठ २१ देखि

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १४, बुधबार १२:२०

विराटनगर । कर्णाली प्रदेशमा १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजना तथा कर्णाली प्रदेश क्रिकेट संघको सहआयोजनामा जेठ २१ गतेदेखि ३१ गतेसम्म प्रतियोगिता हुने भएको हो ।

आज (बुधबार) पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका संयोजक श्रीधर केसीले ७ प्रदेशबाटै खेलाडीहरु सहभागी हुने बताए । लिग चरणमा २१ वटा खेल हुनेछन् । संयोजक केसीका अनुसार प्रतियोगिता वीरेन्द्रनगर नगरपालिकाको कालुङ्चौक र वीरेन्द्रनगर क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।

क्यानले खेल तालिकासमेत सार्वजनिक गरिसकेको छ । तालिकाअनुसार सातवटै प्रदेशले लिग चरणमा एक अर्कासँग एक–एक खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.