
काठमाडौं । सरकारले खेलकुद क्षेत्रका लागि ६ अर्ब ८ करोड रूपैयाँ बजेट छुट्याएको छ ।
खेलकुदका लागि विनियोजित रकम हालसम्मकै सबैभन्दा धेरै हो । अर्थ एवं उपप्रधानमन्त्री विष्णु पौडेलले बजेट प्रस्तत गर्दै खेलकुद क्षेत्रका लागि हालसम्मकै धेरै रकम विनियोजन भएको घोषणा गरेका हुन् ।
आर्थिक वर्ष २०८१–०८२ का लागि ३ अर्ब ५० करोड रूपैयाँ विनियोजन गरिएको थियो । चालुको तुलनामा आगामी वर्षका लागि २ अर्ब ५८ करोड बढी बजेट विनियोजन गरिएको हो ।



















