क्रिकेटको आधारभूत तहको अम्पायर तथा स्कोरर तालिम सम्पन्न 

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १८, आइतबार १९:५९

विराटनगर । क्रिकेटको आधारभूत तहको अम्पायर तथा स्कोरर तालिम विराटनगरमा सम्पन्न भएको छ ।

नेपाल क्रिकेट संघको आयोजनामा विराटनगरमा सञ्चालित आधारभूत तह ( ‘०’ लेबल ) को ३ दिने अम्पायर तथा स्कोरर तालिम सम्पन्न भएको हो ।

कोशी प्रदेशको ११ जिल्लाका ३५ जनाले तालिममा सहभागिता जनाएको थिए । सहभागीहरूमा धनकुटा, संखुवासभा, मोरङ, सुनसरी, ओखलढुंगा, उदयपुर, खोटाङ, झापा, ताप्लेजुङ, पाँचथर र भोजपुरबाट आएका हुन् ।

अन्तर्राष्ट्रिय अम्पायर बुद्धि प्रधानले सहजीकरण गरेका थिए । उनले क्रिकेटका नियम, आधुनिक स्कोरिङ प्रणाली र निर्णय क्षमताको विकासलगायतका विषयहरू प्रशिक्षण दिएका थिए ।

तालिममा सहभागीहरूले अम्पायर र स्कोररको भूमिका बारे व्यवहारिक ज्ञान लिँदै स्थानीयदेखि प्रदेश स्तरका खेलमा जिम्मेवारी निर्वाह गर्ने क्षमताको विकास गरेका छन् ।

यस कार्यक्रमको अन्तिम दिनमा सहभागीहरूले लिखित तथा व्यवहारिक परीक्षा पनि दिए ।

तालिममा सहभागीहरूले प्रमाणपत्र प्राप्त गर्नुका साथै क्षेत्रीय तथा राष्ट्रिय प्रतियोगिताहरूमा जिम्मेवारी लिन सक्ने तयारीसमेत गरेका छन्

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.