
विराटनगर । आइसिसी विश्वकप लिग टु को खेलमा स्कटल्याण्डले नेपाललाई २ सय ९७ रनको लक्ष्य दिएको छ ।
लिग टु अन्तर्गतको चौथो राउण्डको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९६ रन तयार गरेको हो ।
स्कटल्याण्डका लागि चाल्र्स टेयर्सले सर्वाधिक ८० रन बनाए । उनलाई करण केसीले आउट गरे । फेन्ली म्याक्रिथले ५५ रन बनाए । उनलाई सोमपाल कामीले आउट गरे ।
कप्तान रिची बेरिङ्टनले ४० रन बनाए । उनी पनि करणकै बलमा आउट भएका हुन् । म्याथ्यु क्रसलाई ३९ रनमा सन्दीप लामिछानेले आउट गरे । माइकल लिस्कलाई १८ रनमा रिजन ढकालले आउट गरे । ब्रेण्डन मक्कमुलनले १९ रन जोडे । उनी सोमपाल कामीको बलमा आउट भए ।
नेपालका लागि सोमपाल कामी, करण केसी र रिजन ढकालले २–२ विकेट लिदा सन्दीप लामिछानेले १ विकेट लिए ।
१२ खेलमा ६ अंक जोडेर नेपाल लिग तालिकाको पुछारमा छ । स्कटल्याण्ड १६ खेलमा २० अंकका साथ चौथो र नेदरल्याण्ड्स २० खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ ।



















